१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !