१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ऐतिहासिक र पूरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको दायित्व : अध्यक्ष नेपाल



गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गोरखा संग्रहालयको भ्रमण गर्नुभएको छ । भूकम्पले ध्वस्त बनाएको बारपाक र लाप्राकको अवलोकनपछि उहाँले गोरखा दरबार संग्रालयको भ्रमण गर्नुभएको हो ।अवलोकनपछि अध्यक्ष नेपालले ऐतिहासिक र पूरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

‘गोरखा दरबार हाम्रो इतिहास हो, यस्ता ऐतिहासिक महत्व बोकेका सम्पदाको जर्गेना गर्नु हामी सबैको दायित्व हो,’ अध्यक्ष नेपालले भन्नुभयो । उहाँको टीममा गोरखाका जिल्ला अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, केन्द्रीय नेता र कार्यकताहरुको समेत सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !