१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मोदीसँगकाे भेटमा ४ परियोजनाको संयुक्त उद्घाटन



प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा प्रम देउवाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आज बिहान सवा ११ बजे भेट गर्ने जनाइएको छ ।

सो भेटका क्रममा महत्वपूर्ण द्विपक्षीय छलफल हुनेछ । साथै छलफलपछि विभिन्न चार वटा परियोजनाको दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यतालिका रहेको छ । जसमा धनुषाकाे कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनकाे उद्घाटन लगायत एजेन्ड रहेका छन् । उक्त रेल सेवाकाे उद्घाटन दिल्लीबाटै संयुक्त रुपमा ‘फ्लाग अफ’ मार्फत् गरिने छ ।

आजै पौने १२ बजेदेखि दुवै देशका प्रतिनिधिमण्डल स्तरीय छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । सो क्रममा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण समझदारीको घोषणा हुने जनाइएको छ । आजै नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्र समेत आदानप्रदान गरिने बताइएको छ ।

शुक्रबार दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग प्रम देउवाले भेटवार्ता गरेका थिए । विभिन्न स्थलको भ्रमण तथा महत्वपूर्ण भेटवार्ताहरु सकेर प्रम देउवा र प्रतिनिधि मण्डल भोलि आइतबार स्वदेश फर्कने छ ।


प्रतिक्रिया दिनुहोस !