१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खरिदार,सुब्बाका मुद्धा न्यायधीशद्धय भट्टराई र श्रेष्ठको इजलाशमा



काठमाडै । अन्यायमा परेका खरिदार,सुब्बा तहका कर्मचारीहरुले सर्वाेच्च अदालतमा दायर गरेको रिट न्यायधीशद्धय  आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाश तोकिएको छ ।

नायब सुब्बाको अन्तरबार्ता रोकिँदा आफूहरु पीडित भएका भन्दै युवाहरुले सर्वाेच्चमा दायर गरेको रिट आज सुनुवाइका लागि ६ नम्बरको बेञ्च इजलाश तोकिएको छ । खेमराज उपाध्यायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतलाई,द्रोण प्रसाद देवकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाएर गत ०७६ साल साउन १५,रामबहादुर साउथ,सूर्यप्रसाद गौतम,रामबहादुर वरालसहितका ९ थान मुद्धा सुनुवाईका लागि पेसीमा चढेको हो ।

लामो समयदेखि रोकिदै आएको सो मुद्धा सर्वोच्चमा आज सुनुवाइ हुने भए पछि खरिदार र नासु तहका कर्मचारीहरु आज एका बिहानै सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पु्गेका छन् ।
उता कर्मचारीहरुकै कर्मचारी समायोजनसम्बन्धी ती १६ थान मुद्धा सुनुवाईका लागि न्यायधीशद्धय  इश्वरप्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशमा पेशी चढेको छ ।

लोकसेवा आयोगलाई विपक्षी बनाउँदै नर्वेश राय,नरेन्द्र बहादुर खाती,प्रवीण खनाल,विनोद कान्त झा,विनोदकुमार यादव,मनोज कुमार झा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर शर्मिला बञ्जाडे,सन्तोष आचार्य,खगेन्द्र पौडेललगायतका १६ थान मुद्धा एकै ठाउँमा राखेर आज सुनुवाई हुन लागेको हो ।

इकर्मचारी


प्रतिक्रिया दिनुहोस !