२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

एसईई भोलिदेखि : काठमाडौंमा ३६ हजार, मनाङमा २९ परीक्षार्थी



काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।

एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !