१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

लेतेभन्दा माथिको पहाडमा ठूलो आवाज आयो, ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी



काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक थिए ।


प्रतिक्रिया दिनुहोस !