१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

एक्लै लडेको भए धेरै जितिन्थ्यो, गठबन्धनको भर पर्दा डुबियो : नेपाल



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे । उनले मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस !