१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओमानले नेपाललाई दियो १६४ रनको लक्ष्य, करनले लिए उत्कृष्ट ५ विकेट



काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको ओमानले नेपाललाई १६४ रनको लक्ष्य दिएको छ । नेपालका बलरहरुको उत्कृष्ट प्रदर्शनले ओमान सस्तो मै समेटिएको हो । नेपालका तीब्र गतिका बलर करन केसीले ३३ रन खर्चेर ५ विकेट लिए त्यस्तै कप्तान सन्दीप लामिछानेले ४७ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । ओमानका ब्याटर जितेन्द्र सिंहलाई २३ रन, ए खानलाई शुन्य र खवार अलिलाई १ रनमा आउट गरेपछि ओमान संकटमा परेको थिए ।

त्यस्तै ओपनर काश्यप कुमारलाई २ रनमा आउट गरेका तीब्र गतिका बलर करन केसीले अर्का ब्याटर सोएव खानलाई पनि २ रनमै आउट गरे । ओमानले ११ रनमै पहिलो विकेट गुमाएको थियोे । त्यस्तै सोमपाल कामीले एक र दीपेन्द्र ऐरीले १ विकेट लिए । ओमानका लागी जिसान मक्सुदले ५२ र सन्दीप गौदले ४७ रन बनाए । अन्य ब्याटसम्यानहरुले खासै राम्रो खेल्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस !