१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

उत्कृष्ट प्रदर्शन गरेका करण बने प्लेयर अफ दि सिरिज



काठमाडौं । आईसीसी  क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् । टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् ।

अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृङ्खलामा कुल १३ विकेट लिएका थिए । उनले ओमानविरुद्ध दुवै खेलमा ५-५ विकेट लिएका थिए भने अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन् ।


प्रतिक्रिया दिनुहोस !