१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विप्लव हेलिकप्टरको आवाज सुन्दा झाडीमा लुक्थे, ब्यारेक आक्रमणमा जाँदा बाटोमै थला पर्थे : सुदर्शन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई कायरको संज्ञा दिएका छन् । आज काठमाडौंमा नेकपा (बहुमत) र जनसमाजवादी मंचको बीचमा भएको ध्रुर्विकरण कार्यक्रममा बोल्दै उनले विप्लव अहिले मात्र नभई जनयुद्धकै बेला पनि दुस्मनको नाम सुन्ने बितिक्कै लगलग काप्ने गरेको बताए । हिजो आफैले एनसेलमाथि हमला गर्न आदेश दिए जब एनसेलमाथि आक्रमण भयो त्यसपछि जिम्मेवारी नै लिएनन् । विप्लव एनसेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने भनेर डराए सुदर्शनले भने ।

त्यस्तै उनले विप्लव आज मात्र नभई जनयुद्धको बेला पनि नेपाली सेनाको हेलिकप्टरको आवाज सुन्ने बितिक्कै झाडीमा लुक्ने गरेकोसमेत दाबी गरे । उनले भने, हिजो आकाशमा सेनाको हेलिकप्टरको आवाज सुन्दा पनि विप्लव लुक्ने गर्दथे । कुनै ब्यारेकमा हमला गर्नु परे विप्लवले खुट्टा कमाएर बीच बाटोमै थला पर्ने गरेको बताए । त्यस्तै उनले विप्लव सांगठानिक रुपमा निषेधात्मक अधिभूतवादी, जुझारु आर्थिकवादी र राजनीतिक रुपमा संसदीय संशोधनवादी भएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !