१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाली कांग्रेसले साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने



नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ ।

निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । तीमध्ये चारवटामा मात्र सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका छन् भने अरुले नेतृत्व पाएका छैनन् ।

नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !