१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चर्चामा करिश्मा ढकालको पेटिकोट डान्स, गीतका शब्द पनि अश्लील



काठमाडौं । हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ । सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो । यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।

विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ । गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।

गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः

के हुन्छ होला है बिहेको राति
अँध्यारो कोठामा अञ्जान साथी
के गरौं के गरौं लौ संगी तँ भन्
तँलाई पो भनेँ त अरुलाई नभन्
सम्झेरै गइसक्यो सातो बरिलै


प्रतिक्रिया दिनुहोस !