१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एक्स्काभेटरको बकेटमा राखेर सुत्केरीको उद्घार



सिन्धुपाल्चोक । अघिल्लो रातिदेखि नै परेको वर्षाका कारण शुक्रबार अबेरसम्म अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे बजारको साँधीखोल्सा उर्लिएर सडकसहित केही घर पनि ध्वस्त बनायो ।

यहाँ माथिल्लो भेगबाट भास्सिरहेको पहिरो मिसिएको साँधीखोल्साको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजारलाई सम्पर्क टुटाएपछि स्थानीय र यात्रुहरू सडकछेउमा नै रोकिएका थिए । वरपर अलपत्र परेका त्रसित स्थानीय र रोकिएका सवारीका लस्कर, बीचमा उर्लँदो खोला तल भोटेकोसी । त्यसैबेला हतारमै बाह्रबिसे नगरले एक्स्काभेटर प्रयोग गरेर धमाधम अस्थायी सडक बनाउन थाल्यो ।

त्यसबेला पारि एउटा एम्बुलेन्स देखिन्थ्यो । उक्त एम्बुलेन्सभित्र आफ्नो शिशुसहित थुनिएकी थिइन् २३ दिने सुत्केरी समीक्षा तामाङ । बाह्रबिसे नगर ५ की २८ वर्षीया समीक्षमा जन्डिसले सिकिस्त बिरामी छोरालाई काभ्रेको धुलिखेल अस्पताल पुर्‍याउन आतुर थिइन् । साथै उनी स्वयं पनि स्वासप्रश्वास समस्याले तनाबमा थिइन् ।

तर बाढीले सडक अवरुद्ध भएपछि उनीसँग कुनै उपाय भएन । यतिन्जेलसम्म यहाँ स्थानीयहरूको घुइँचो लागिसकेको थियो । कोही बाटो अवरुद्ध भएर आत्तिँदै थिए । कोही रमिता हेरिरहेका थिए ।

यस्तैमा अचानक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ एक्स्काभेटरको छेउमा आइपुगेर केही इसारा गरे । त्यहीबीच बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतको गाडी अवरुद्ध सडकको पारिपट्टि रोकिएको मेयर बस्नेतले नै भने । तर खोला पार गर्न मुस्किल थियो । मेयर बस्नेतले नै सुत्केरी तामाङलाई भने ,‘सडक बन्न अझै दुई घण्टा लाग्छ, उता पारि नगरकै सवारी कुरिरहेको छ आउनुहोस् ।’


प्रतिक्रिया दिनुहोस !