१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दबङ स्टाइलमा दलबलसहित नर्भिक पुगे बालेन साह



काठमाडौं । भाडामा लिएको जग्गामा बनाएको संरचना २४ घण्टाभित्र भत्काउन सूचना टाँस गरेको भोलिपल्ट मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह थापाथलीस्थित नर्भिक अस्पताल पुगे । मेयर बालेनसँगै नगर प्रहरीको ठूलो संख्या अस्पताल पुगेको थियो । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहसहितका अधिकारीले उनलाई भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनेको संरचनाको भ्रमण गराए ।

भाडामा लिएको जग्गामा बनेको संरचनाको अस्पतालले नक्सा पास गराएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनलाई अल्टिमेटम दिएको हो । बालेनले सिंहलाई भने, ‘महानगरको जग्गा अतिक्रमण गर्नै पाईंदैन । फुटपाथले अतिक्रमण गर्दा पनि कानुन विपरीत हुन्छ, नर्भिकले गर्दा पनि हुन्छ ।’

भाडाको जग्गामा बनेको संरचनामा अस्पतालले अक्सिजन प्लान्ट, एमआरआई कक्ष आदि राखेको छ । अस्पतालका अधिकारीहरूले जग्गा भाडामा लिने विषयमा तत्कालीन भूमिसुधार मन्त्रालयसँग भएको सम्झौता देखाए । जसमा स्वास्थ्य उपचारबाहेक अरु प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था रहेको देखाउँदै आफूहरूले बनाएका संरचना सबै स्वास्थ्य उपचार प्रयोजनमै रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !