१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

बालाजुमा आगलागी, दुईवटा दमकलले आगो निभाउदै



काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।

अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता मैनालीले बताए ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !