२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

बौद्धिक चोरी गरि कालो सूचीमा परेका घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी



काठमाडौं । सरकारले प्रश्नपत्र ‘आउट’ र वौद्धिक चोरीमा संग्लन प्रा.डा. केदारनाथ घिमिरेलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउने तयारी गरेको छ ।
त्रिवि स्रोतका अनुसार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल अध्यक्ष र सचिव रामकृष्ण सुवेदी सदस्य रहेको छनोट समितिले वौद्धिक चोरी तथा प्रश्नपत्र ‘आउट’ घटनामा दोषी देखिएका घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

स्रोतले भन्यो ‘त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा.केदारनाथ घिमिरेको नाम सिफारिस गर्नको लागि छलफल भइरहेको छ ।’ विश्वविद्यालय अनुदान आयोगले ०७० मंसिर ६ गते प्रा.डा.केदारनाथ घिमिरेसहित ६ जना प्राध्यापकलाई वौद्धिक सम्पत्ति अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लंघन गरी पेशागत मर्यादा पालना नगरेको ठहर गरी कालोसूचीमा राखेको थियो ।


प्रतिक्रिया दिनुहोस !