२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

नेपाल पनि युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुन सक्ने खतरा छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुन सक्ने खतरा रहेको पनि बताए ।

‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ’ उनले भने, ‘हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !