१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

जम्मु-कस्मिरमा ३ भारतीय सैनिकसहित ५ जनाको मृत्यु



एजेन्सी । जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ। सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !