१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मधेशमा आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट



जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो ।

मधेस प्रदेशमा कांग्रेसबाट रामसरोज यादव भौतिक पूर्वाधार, वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री छन् । यस्तै मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको र आसन्न निर्वाचनका उम्मेदवार निर्धारित समयमै टुंग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !