१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतनिधिमिण्डलको भेट



काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतनिधिमिण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ । बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा. खड्कासँग भेट गरेको हो ।

भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ । पर्यावरण, जलवायु परिवर्तन तथा नविकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !