१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

गोठाटारमा मारिएका लाल मोहम्मद आईएसआईको एजेण्ट भएको भारतको दाबी



काठमाडौं। काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद आईएसआइको एजेण्ट भएको भारतले आरोप लगाएको छ । भारतीय चर्चित टेलिभिजन आज तकले गोठाटारमा मारिएका लाल मोहम्मदको नक्कली नोट बिजनेश-डी कम्पनीको कनेक्सन रहेको र भारतविरुद्ध सक्रिय आईएसआई एजेन्टको हत्या भएको भन्दै समाचार प्रकाशित गरेको छ ।

आजतक भन्छ, प्रहरी र गुप्तचर स्रोतका अनुसार नक्कली नोटको कमिसनलाई लिएर उनको अन्य व्यवसायीसँग पुरानो शत्रुता रहेकोसमेत बताएको छ । त्यस्तै लाल मोहम्मदले दाउद इब्राहिम गिरोहको सहयोगमा बलराम पटवाको हत्या गरेको आजतको दाबी छ ।

सर्लाहीका लाल मोहम्मदको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । सोमबार साँझ काठमाडौं गोठाटारस्थित कृष्ण मन्दिरनजिक उनीमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो । उनको टाउको, छाती र पेटमा गोली लागेका मोहम्मदको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको थियोे । गोठाटारमा एजेन्जर इन्टरप्राइजेज वर्ड वेस्ट गार्मेन्ट सञ्चालन गर्दै आएका मोहम्मदलाई बेलुका गार्मेन्टका सामग्री ल्याएर घर पुग्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो ।

आफ्नो निजी कारमा सवार उनलाई गाडीबाट ओर्लिनासाथ मोटरसाइकलमा आएका दुई युवामध्ये एक जनाले गोली प्रहार गरेका थिए । मोहम्मदको हत्यामा भारतीय मूलकै अपराधीको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियोे । प्रहरीले साँझ सबै नाका बन्द गरेको जनाएपनि कोही पनि व्यक्ति पक्राउ गर्न सकेन । प्रहरीले उनको हत्यालाई पुरानो घट्नाको रिसइबीका कारण मारिएको हुनसक्ने, दोस्रोमा नक्कली नोटको कारोवारीदेखि शंकास्पद यूरोनियको कारोवार तोस्रो चाहि पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको भन्दै भारतीय अपराधिक ग्याङले आक्रमण गरेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !