१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

लोसपाका सचेतक अरगरिया एमालेमा प्रवेश



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छ्न्। पार्टी नेतृत्वपंक्तिप्रति असन्तुष्ट रहँदै आएका अरगरिया एमालेमा प्रवेश गरेका हुन्। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम अध्यक्ष केपी ओलीले अरगरियालाई पार्टीमा स्वागत गरे। 

अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघिय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले केही समययता एमालेमा प्रवेश गर्ने तय भइसकेको थियो। ‘लोसपा पार्टीभित्रको भद्रगोल अवस्था देखेर पार्टी छाड्न लागेको छु,’ अरगरियाले गतसाता नेपालखबरसँग भनेका थिए।


प्रतिक्रिया दिनुहोस !