१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नारायणगढ-बुटवल सडकको ठेक्का कात्तिकभित्र ‘रद्ध’ गर्ने चेतावनी



काठमाडौं । सरकारले नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा चरम ढिलाइ भएपछि ठेकदार कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिएको छ । काम सकिनुपर्ने अवधिमा १८ प्रतिशत मात्रै काम भएको र कामको गति ज्यादै सुस्त भएको भन्दै सडक विभागले आइतबार एक सार्वजनिक सूचनामार्फत यस्तो चेतावनी दिएको छ । या सूचनासँगै ठेक्का तोड्न प्रक्रिया अघि बढेको आयोजना अधिकारीहरुले बताएका छन् ।

विभागले ५ कात्तिकभित्र कार्यशैली नसुधारेमा ठेक्का ‘रद्ध’ गर्ने चेतावनी दिएको छ । यो सडक खण्डको विस्तारका लागि बनाइएको दुबै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हात पारेको छ ।

११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने काम ज्यादै सुस्त गतिमा भइरहेको छ । विभागले ठेकदार कम्पनीले अयोजना र परामर्शदाताले दिएका निर्देशन पालना नगरेको आरोप लगाएको छ । सडक विभिन्न खण्डहरु यात्रा गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुँदा समेत मर्मत नगरिएको विभागको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !