१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने सरकारको निर्णय



काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !