१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कृषि क्रान्तिलाई द्रूत गतिमा अघि बढाउन किम जोङले गाउँ पठाए हजारौँ मेसिन



एजेन्सी । उत्तर कोरियाले आफ्नो पश्चिमी क्षेत्र अन्नको भण्डार मानिने दक्षिण ह्वाङ्घाई प्रान्तमा आधुनिक कृषि मेसिनहरू पठाएको छ । देशको सबैभन्दा ठूलो कृषि प्रान्त दक्षिण ह्वाङ्घाई प्रान्तलाई महत्व दिने र कृषि उत्पादनमा अगुवाइ लिन किम जोङ उनको निर्देशनमा उकै पटक ५५०० वटा फार्म मेसिन पठाएको उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले जनाएको छ । राज्यको व्यापक समृद्धिको बाटो स्पष्ट संकेत गर्ने र समाजवादी ग्रामीण इलाकाको द्रुत विकासको लागि ग्रामीण क्रान्तिको नयाँ कार्यक्रम तय गर्ने उत्तर कोरियाको विश्वास छ । राष्ट्रिय आर्थिक क्षेत्रहरूमा महत्वपूर्ण योगदान गर्ने उत्तर कोरियाको दाबी छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार उद्योग क्षेत्रका लागि हजारौं नयाँ किसिमका दक्ष धान कम्बाइन्ड थ्रेसर, साना आकारका धान काट्ने थ्रेसर, मकैको कम्बाइन्ड थ्रेसर र माटो व्यवस्थापन गर्ने मेसिन निर्माण गरेर वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !