१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

गोठाटार हत्याकाण्ड : ३ अभियुक्त सार्वजनिक, रेकी गर्ने युवती पनि पक्राउ



काठमाडौं । काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाोली हानी हत्यामा संलग्न भएका ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी हत्यामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीइ महोरम मियाँ रहेका छन्। उनले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। 

त्यसैगरी उक्त हत्याकाण्डमा संलग्न भएकव अभियोगमा प्रहरीले पर्साकै वीरगञ्ज महानगरपालिका-१५ निवासी १९ वर्षीय रेहान मियाँलाई पनि पक्राउ गरेको छ। उनले हत्याको योजना बनाउनुका साथै हतियार व्यस्थापनमा सघाएको खुलेको छ। प्रहरीले उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनले मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन्। प्रहरीका अनुसार उनी यसघि चोरी मुद्दामा कारागार बसेर छुटेकी थिइन्। उनले २०७६ असार ११ गतेदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेको खुलेको छ। 

प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ। प्रहरीका अनुसार मेड इन युएसए लेखिएको पेस्तोल एक थान, २.९ एमएमको खोका ४ र ३.९ एमएमको प्रयोग नभएको चार राउन्ड गोली पनि बरामद भएको छ।


प्रतिक्रिया दिनुहोस !