१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मदन भण्डारीको जबज पुजीवादी जनवादी कार्यक्रम मात्रै हो : खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको टिप्पणी गरेका छन् । खनालले आफ्नो नयाँ पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग सङ्घर्षलाई समेटिएको छ । जनताको बहुदलीय जनवाद (जबज) एउटा पूँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको पुस्तकमा नेपाली जनवादी क्रान्तिका कार्यक्रम नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको बहुदलीय जनवादका रूपमा आएका विषयवस्तु समावेश छन् । पूँजीवादी क्रान्ति सम्पन्न भएको र त्यसको सार तत्वसमेत संविधानमा समेटिएको विश्लेषण गरिएको पुस्तकमा अबको कार्यक्रम वैज्ञानिक समाजवाद रहेको उल्लेख गरिएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा विमोचन गरिएको पुस्तकमा जबज सामाजिक आर्थिक संरचनाका दृष्टिले एउटा पूँजीवादी जनवादी कार्यक्रम नै भएकाले अबको समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन नसक्ने सन्देश छ ।


प्रतिक्रिया दिनुहोस !