१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ



चितवन । उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् । यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो ।

मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् । अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !