२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

आज दिनभर मौसम नखुल्ने, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै ठूलो वर्षा हुने



अहिले (बुधबार बिहान) देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार हिजै दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो। 

‘अहिले पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । मौसमविद् कँडेलले बुधबार काठमाडौंकै हकमा पनि आज दिउँसो केही बेर मौसम खुले पनि वर्षा नै हुने बताइन् ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 


प्रतिक्रिया दिनुहोस !