१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बालुवाटारको बैठक छाडेर बालकोट पुगे यादव, आजै सहमति पत्रमा हस्ताक्षर हुने



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला गठबन्धनको एक मुख्य घटक जसपा अध्यक्ष उपेन्द्र यादव भने बालकोट पुगेका छन् ।अपराह्नदेखि एमाले र जसपाबीच चलेको वार्ता सहमति उन्मुख भएको बालकोट स्रोतले जनाएको छ । यसअघि नै जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने अनौपचारिक सहमति भइसकेको थियो ।

सोही अनौपचारिक सहमतिलाई औपचारिकता दिन दुई पक्षबीच छलफल भएको बताइएको छ । ‘बालुवाटारमा गठबन्धने उपेन्द्रलाई कुरिरहेको होला तर कुरेको कार्यै हुने अवस्था छ’ स्रोतले भन्यो । गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिइएपछि यादव एमालेसँग संवादमा थिए । आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !