१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पूर्वप्रहरी अधिकृतले अन्धाधुन्द गोली चलाएर ३४ जनाको ज्यान लिए 



एजेन्सी । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा आज दिउँसो भएको गोली प्रहारको घटनामा झण्डै तीन दर्जनको ज्यान गएको छ । बालबालिकाको दिवा हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

घटनामा बालबालिका र वयस्क मारिएका छन् । गोली हान्ने व्यक्तिको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् । उनी अवकाशप्राप्त प्रहरी अधिकृत रहेको बुझिएको छ ।यसअघि सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तीमा २९ जनाको अकालमा ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !