१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चितवनमा हार्ने खतरा देखियो म गोरखाबाटै चुनाव लड्छु : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । अहिले बेलुका बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् । प्रचण्ड निकट एक नेताले दिएको जानकारीअनुसार गठबन्धनलाई पनि समय दिन पाइने र चितवन सुनिश्चित नदेखिएकाले गोरखाबाट चुनाव लड्न लागेको बताएका थिए ।

“म गोरखाबाट चुनाव लड्छु,” प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने, “गठबन्धनलाई पनि समय दिनुपर्‍यो । चितवन सुनिश्चित भएन । जहाँबाट पनि लड्न तयार हुनुपर्छ भन्ने मेरो मान्यता पनि हो । त्यो अवस्थामा गोरखा बढी सुनिश्चित देखियो । त्यहाँ एमाले पनि तेस्रो नम्बरमा छ । गठबन्धनको उमेदवारले सहजै जित्ने देखिन्छ । उनले बाबुराम भट्टराईसहितका नेताले पनि सोही क्षेत्रमा चुनाव लड्न आग्रह गरेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !