१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

३९ वर्षमा पनि पोखराले बनाउन सकेन स्विमिङ पुल, नवौँ राष्ट्रिय खेलकुदका गेमहरु स्कुलमा



पोखरा : पोखरा रंगशालामा औपचारिक रूपमा प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। नेपालमा खेलकुद संरचानाका हिसाबले काठमाडौँपछि पोखरा सर्वाधिक सम्वृद्ध मानिन्छ। खेलकुद भेन्युमा सबै एकै स्थानमा अटाएको पोखरा विश्व खेलकुदमा अझ ओलम्पिकमा अनिवार्य र लोकप्रिय मानिने स्विमिङ (पौडी) मा भने कमजोर विरासतमा उभिन बाध्य छ। पौडीका इभेन्ट आज ‘शनिबार’ सुरु हुँदै गर्दा पुराना खेलकर्मीहरू ३९ वर्षअघिको नियति सम्झन्छन्। त्यो बेला पनि पोखरामा स्विमिङ र सुटिङका खेल थिएनन्। धेरै संरचना बने पनि स्विमिङ पुल तत्कालीन समयमा बनेनन्। त्यो बेला स्विमिङ काठमाडौँमा भएको थियो।

तर, ३९ वर्षपछि पनि पोखराको नियति त्यही छ। २०४० पछिका ३९ वर्षपछाडि सुरु भएको नवौँ राष्ट्रिय खेलकुदमा स्विमिङ इभेन्ट स्कुलमा गर्नुपर्ने अवस्था आउनु दुखद भएको सरोकारवालाको बुझाइ छ। एक खेलकर्मी भन्छन्, ‘नवौँमा हामीलाई सरकारले पूर्वाधारमा ठगेको हो। यी संरचनाहरू पुरानै हुन् तर अहिले यो प्रतियोगिता आयोजना गर्दा कम्तीमा केही संरचनाहरू निर्माण हुनु पर्ने हो तर अहिले पनि हामी पुरानै नियति भोग्न बाध्य छौँ।’

यो पटक स्विमिङ पोखराको फिस्टेल एकेडेमीमा हुँदै छ। बोर्डिङ स्कुलमा रुनु पर्ने अवस्था आउनु दु खद भएको पौडीसंघका महासचिव जगतमान श्रेष्ठ बताउँछन्। ‘हाम्रो निरन्तरको आग्रह नै पोखरामा एउटा स्विमिङ पुल बनाउन भन्ने हुन्छ। तर यहाँ कसैले पनि यो संरचनाको बारेमा सोच्दैनन्। अहिले यो ठुलो प्रतियोगिताका लागि हामीले एक स्कुलमा गएर रुनु पर्ने अवस्था आएको छ। जुन दु खद हो’,उनले भने। श्रेष्ठ स्पोर्टस् इभेन्टका लागि पोखराजस्तो रमणीय ठाउँ अन्त नभएको बताउँछन्।

उनी भन्छन् ‘अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुल तयार गर्ने हो भने ठुला अन्तर्राष्ट्रिय इभेन्ट गर्न सकिन्थ्यो। तर, अहिले राष्ट्रिय खेलमा नै हामी एउटा स्कुलमा गएर प्रतियोगिता गर्न देऊ भन्नु परेको छ। जुन लज्जास्पद हो’ श्रेष्ठले पोखराले ३९ वर्षसम्म पनि स्विमिङमा पूर्वाधार नपाउनु ठुलो अन्याय भएको बताए।


प्रतिक्रिया दिनुहोस !