१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमाले उम्मेदवार किरण पौडेलका लागि आशीर्वाद माग्न त्रिपुरेश्वरको मन्दिर पुगे ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् । उनले आज बिहान मन्दिर दर्शन गरेर प्रसाद ग्रहण गरे । काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ । ‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएको छ, किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर आउनु भएको हो,’ पौडेल निकट एक कार्यकर्ताले भने ।


प्रतिक्रिया दिनुहोस !