१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

गोरखा-२ मा प्रचण्डको जित निश्चित



गोरखा । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । २१ हजार ७५ मत ल्याएर अग्रस्थानमा रहेका प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पारेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् । गोरखा-२ मा अब १२ हजार ५७१ मत गणना हुन बाँकी छ ।नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् । उनी सुरुदेखि नै तेस्रो स्थानमा रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको छ ।


प्रतिक्रिया दिनुहोस !