१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतले न्यूजिल्याण्डलाई दियो विशाल लक्ष्य



एजेन्सी । एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली भारतले न्यूजिल्याण्डलाई ३ सय ७ रनको लक्ष्य दिएको छ। आज अकल्याण्डमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनायो।

उसका लागि श्रेयस अय्यरले सर्वाधिक ठूलो रनको पारी खेले। उनले ७६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ८० रनको योगदान दिए। यस्तै शुभमन गिल र कप्तान शिखर धवनले पनि अर्धशतकीय इनिङ्स खेले। गिलले ७७ बलमा १३ चौकाको सहयोगमा ७२ रन जोड्दा धवनले ६५ बलमा १ चौका र ३ छक्कासहित ५२ रन बनाए। अलराउन्डर वासिङ्टन सुन्दरले आक्रामक ब्याटिङ गरे।

उनले १६ बलमा ३ चौका र ३ छक्का हिर्काउँदै नटआउट ३७ रन बटुले। यसैगरी सञ्जु सामसनले ३६, ऋषभ पन्तले १५ र सूर्यकुमार यादवले ४ रन बनाए। शार्दुल ठाकुर १ रनमा आउट भए।

न्यूजिल्याण्डका लागि लकी फर्ग्युसन र टिम साउथीले ३–३ तथा एडम मिल्नेले १ विकेट लिए। तीन खेलको सिरिजमा दुवै टिम पहिलो म्याच जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेका छन्। तीन म्याचको टी–२० सिरिजपछि दुवै देश एकदिवसीय श्रृंखला खेलिरहेका हुन्। टी–२० सिरिज भारतले १–० ले जितेको थियो। २ म्याच वर्षाले प्रभावित भएका थिए।


प्रतिक्रिया दिनुहोस !