१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रुपन्देही–२ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन 



बुटवल । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । यहाँ आज बिहान ५ बजेदेखि मतगणना रोकिएको छ । आयोगका उपसचिव माधव भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतपेटिकामा भएको मतपत्र संख्यालाई आधिकारिक मानेर मतगणना गर्न रुपन्देही–२ का निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । थोरै मतान्तरसहित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको अग्रता कायम छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेल छन् ।

मुचुल्कामा रहेको भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धनसहितका दलहरूले विरोध गरेपछि गणना रोकिएको हो । ती दलका नेता–कार्यकर्ताले पुनः मतदानको माग गर्दै मतगणनास्थल बुटवल उपमहानगरपालिकाको कार्यालयबाहिर नाराबाजी गरेका छन् । ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ । 


प्रतिक्रिया दिनुहोस !