२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

सुनसरी ३ : सबै मत गनिनसक्दै भगवती चौधरीको जित निश्चित



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा पूरा मत गनिनसक्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको जित पक्का भएको छ। अहिले सुनसरी ३ प्रतिनिधसभा प्रत्यक्षतर्फ बर्जु गाउँपालिका ४ को सबै मतगणना भइसकेको छ। यद्यपि निर्वाचन अधिकृतको कार्यालयले यसको आधिकारिक जानकारी दिइसकेको छैन। बर्जु गाउँपालिका ४ को सबै मत गनिसक्दा अहिले एमालेकी भगवती चौधरीले ३७ हजार ४२० मतसहित अग्रता बनाएकी छन्। 

त्यहाँ यसअघिका दुईवटा चुनावमा चौधरीलाई हराएका कांग्रेस नेता विजय गच्छदारले ३२ हजार १०१ मत ल्याएका छन्।अहिले यी दुईजनाबीचको अन्तर ५३ सय १९ मतको अन्तर भएको छ। अब अन्तिम मतदान केन्द्र बर्जु गाउँपालिका-५ को ४०११ गणना हुँदैछ। यस्तोमा गच्छदार ५३ सय १९ मतले पछि परेकाले अब यहाँ उनको हार निश्चित भएको छ। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय