१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पहिलो हाफमा ब्राजिललाई रोक्न क्रोएसिया सफल



काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल खेलको पहिलो हाफमा क्रोएसिलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका लागि गतिलो आक्रमण बुन्न सकेनन् । 

खेलको ४२ औँ मिनेटमा ब्राजिलले १८ यार्ड बक्सको ठिक बाहिरबाट फ्रिकिक पाएपनि नेइमारको प्रहार सोझै क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचको हातमा पुग्यो । 

ब्राजिलले अहिलेसम्म क्रोएसियाविरुद्ध हारेको छैन । विश्वकपमा भएको दुवै भेटमा ब्राजिल विजयी भएको छ । त्यस्तै, एक मैत्रीपूर्ण खेलमा पनि नतिजा ब्राजिलकै पक्षमा छ । 


प्रतिक्रिया दिनुहोस !