१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्छ : प्रधानमन्त्री दाहाल 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् ।

तमु समुदायले आर्जन गरेको, उनका पुर्खाहरुले आर्जन गरेको, तमु युवायुवतीहरुले आफ्नो वीरतामार्फत आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौं,’ उनले भने ।

इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि प्रधानमन्त्री दाहालले स्पष्ट पारे । उनले भने, ‘तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित छ । आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतका कारण, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण नेपाली मात्रमा एउटा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरीका लागि पनि इमान्दारिता, पारदर्शीता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ ।’

तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले तमु समुदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तमु ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिए ।समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमु समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !