२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

संघीयता र गणतन्त्र विरोधीसँग गठजोड गर्नु बाध्यता : प्रधानमन्त्री प्रचण्ड



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताएका छन्। नेपाल पत्रकार महासंघको टोलीसँग उनले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्न बाध्य भएको बताएका हुन्। 

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए।

जवाफमा उनले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एकगठ गर्न बाध्य भएको बताएका थिए।

‘हिजो प्रधानमन्त्रीसँगको भेटमा महासंघ पदाधिकारीले प्रधानमन्त्रीलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र यसका कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए,’ विष्टले भने, ‘जवाफमा प्रधानमन्त्रीले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले उनीहरुसँग (राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई) एकगठ गर्न बाध्य भएको बताउनुभयो।’ महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युट्युबले जनमत बदल्ने गरेको भन्दै सचेत हुनु पर्नेमा पनि जोड दिएका थिए। सामाजिक सञ्जालले बदल्ने जनमत अस्थायी हुने भए पनि नियमन जरूरी रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !