२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

नेपालको गुनासो- ओलीको निरंकुश यात्रामा हामीले अंकुश लायौं,तर अहिले प्रचण्डले बेवास्ता गरे



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई सत्ताच्युत गरेर मुुलुकको राजनीतिलाई सही दिशामा ल्याउन आफूले निर्णायक भूमिका खेलेको भन्दै अहिले प्रचण्डबाट बेवास्ता गरिएकोमा चित्त दुखाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र मौलाएको निरंकुशता,व्यक्तिवाद र संविधान मिच्ने प्रवृतिविरुद्ध बेलैमा आफूहरुले हस्तक्षेप गरेको बताए । उनले आफ्नो अगुवाइकै कारण नेपाली राजनीतिले त्यसबेला नयाँ यात्रा तय गरेको बताए ।

नेपालले भने– एमालेभित्र निरंकुशता र व्यक्तिवाद थियो । संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृति भयो । नेपालको राजनीति गलत दिशामा जान थालेको थियो,ठिक दिशामा लैजान समयमा हस्तक्षेप ग¥यौं । हामीले आम नागरिक समाज र जनताको साथ पायौीं र त्यो प्रवृतिमा अंकुश लाग्यो । फलस्वरुप हामीले नयाँ यात्रा प्रारम्भ गरेको हो र त्यो याात्रको अगुवाई हामीले लिएका थियौं ।

नेपालले हालै सम्पन्न निर्वाचनमा आफूहरुले प्रत्यक्षमा राम्रो नतिजा पाए पनि समानुपातिकमा पाउन नसकेको विषयमा छलफल हुने बताए । उनले पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान समेत गरे ।


प्रतिक्रिया दिनुहोस !