२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

भर्खर जितेको पद त्यागेर नेकपा बहुमतमा प्रवेश



काठमाडौ । कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् । संसदीय राजनीतिको सख्त विरोध गर्दै आएको उक्त पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् ।

उनले वडाध्यक्ष भए पनि जनचाहनाअनुरुपको कार्य गर्न नसकिएको भन्दै वडाध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमत रोजेको बताइन्छ । महराले भनेका छन्, ‘जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र साक्षी किनाराको भूमिका निभाउँदा जनमतको अपमान हुने देखियो ।’त्यही अपमानबाट जोगिन आफू जनप्रतिनिधिको जिम्मेवारीबाट हटेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !