१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्राथमिक तहको परीक्षामा माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास



काठमाडौं । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् । आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिरहेको छ र हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा पनि माग अनुसार परीक्षार्थी पास हुन सकेका थिएनन् ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा मावि र निमाविको भन्दा सन्तोषजनक नतिजा आएको बताउँछन् । आयोगका अनुसार पर्सा जिल्लामा २३७ पदका लागि भएको परीक्षामा ८९ जना मात्रै पास भएका छन् । लिखित परीक्षामा जम्मा १२१ जना सहभागी भएकामा ८९ जनामात्र पास भएका हुन् ।

रौतहटमा १४५ पदका लागि भएको परीक्षामा ५५ जना, बारामा २५२ पदका लागि भएको परीक्षामा १३४ जना, सर्लाहीमा २३१ पदका लागि भएको परीक्षामा ६५ जना, धनुषामा ९९ पदका लागि भएको परीक्षामा ५५ जना, महोत्तरीमा १२८ पदका लागि भएको परीक्षामा ८० पास भएका छन् ।

त्यस्तै सप्तरीमा १६६ पदका लागि भएको परीक्षामा ८८, सिरहामा ११३ पदका लागि भएको परीक्षामा २५, दार्चुलामा १३२ पदका लागि भएको परीक्षामा १०२, बझाङमा ९६ पदका लागि भएको परीक्षामा ७७ र डढेलधुरामा ९४ पदका लागि भएको परीक्षामा ८५ जनामात्र पास भएका छन् । लिखित परीक्षामा पास भएका उनीहरुले अब अन्तर्वार्ता दिनुपर्नेछ ।

आयोगको तथ्यांक अनुसार माथिका ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन्, ६३८ पद रिक्त छ । बाजुरामा ७३ पदका लागि भएको परीक्षामा ६५ जना, अछाममा १३७ पदका लागि भएको परीक्षामा १३५ जना, म्याग्दीमा १२६ पदका लागि भएको परीक्षामा ११२ जना, डोटीमा १४८ पदका लागि भएको परीक्षामा १३४ जना पास भएका छन् ।

दोलखामा २५१ पदका लागि भएको परीक्षामा २२३ जना, रामेछापमा १५४ पदका लागि भएको परीक्षामा ७१, सिन्धुलीमा २६५ पदका लागि भएको परीक्षामा २०६ जना, हुम्लामा ३५ माग गरिएकोमा ७ जना, मुगुमा ६५ जना माग गरिएकामा १३ जना, डोल्पामा ७२ जना माग गरिएकामा २८ जना, रुकुम पश्चिममा १५ जना माग गरिएकामा १ जना उतीर्ण भएका छन् ।

जुम्लामा ३१ जना प्राथमिक शिक्षक माग गरेकामा ३ जना, कालीकोटमा ६० जना माग गरेकामा १२ जना, जाजरकोटमा ७७ जना माग गरेकामा ५६ जना, दैलेखमा १३८ पदका लागि भएको परीक्षामा १३० जना मात्र उतीर्ण भए ।

मुस्ताङमा १७ रिक्त दरबन्दीको लागि ८ जना, पर्वतमा १५० रिक्त पदको लागि १३४, स्याङ्जामा २८६ पदको लागि २६० जना, नुवाकोटमा २९९ रिक्त पदको लागि २६० जना, सुनसरीमा १७४ जना माग भएकामा १४० जना, धादिङमा २२५ पदको माग हुँदा १८८ जना, मनाङमा १ जना माग गरिएकामा कोही पनि उतीर्ण भएनन् ।


प्रतिक्रिया दिनुहोस !