१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कीर्ते बिल बनाएर रकम भुक्तानी गर्ने लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । होटलको कीर्ते बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

होटल सञ्चचालकसँग खाली बिल मागेर त्यसमा कीर्ते बिल भरपाई तयार गरी लेखा अधिकृत बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले बताएको छ ।

होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !