१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

रवि लामिछानेले आज अर्को नेपाली नागरिकता लिने



काठमाडौं । रवि लामिछाने अर्को नेपाली नागरिकता लिने भएका छन् । लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । उनी आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने भन्ने खबर गृहप्रशासनलाई गरेका छन् ।

शुक्रबार मात्रै रवि लामिछालाई नेपाली नागरिकता सम्बन्धी मुद्दामा उनको नागरिकता अवैध ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरिदिएको थियो । सांसद पद खारेजसँगै उनको उपप्रधान तथा गृहमन्त्रीको पद गुमिसकेको छ भने चितवन क्षेत्र नं. २ मा समेत उप निर्वाचन हुने भएको छ ।

यस अघि रबिले उम्मेद्वारी मनोनयनका क्रममा चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !