१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

बालेनको पद धरापमा, निर्वाचन आयोगले खारेज गर्न सक्ने



काठमाडौं । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा काठमाडौं महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ ।
स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ । यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको हो ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् । तर, मेयर बालेनले भने जरिवाना नतिरेको आयोगले जनाएको छ । आयोगले साढे सात लाख रुपैयाँ जरिवाना तिर्न भनेर निर्देशन दिए पनि मेयर बालेन जरिवाना नर्तिने अडानमै छन् । उनले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।

यसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।


प्रतिक्रिया दिनुहोस !