१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आफ्नो तागतले एमालेलाई २० सीटमा हराउन सफल भएको नेकपा एसको दाबी (सूचीसहित)



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनमा १६५ क्षेत्रमध्ये नेकपा एमालेलाई २० सीटमा हराउन आफू सफल भएको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मत केलाउँदै एमाले हराउन २० सीटमा आफूहरु निर्णायक बनेको उल्लेख गरेका छन् ।

नेपालको प्रतिवेदन अनुसार नेकपा एसका कारण एमालेले तेह्रथुम, भोजपुर, खोटाङ, मोरङ १, सुनसरी ४, उदयपुर १, रौतहट १, रौतहट ४, धादिङ १, काठमाडौं १०, भक्तपुर २, दोलखा, पुर्वी नवलपरासी २, दाङ २, मुगु,दैलेख १, दैलेख २, बझाङ, कैलाली ४ र कैलाली ५ मा नेकपा एमालेलाई हराउन नेकपा एसले पाएको मात काफी बनेको छ ।

तीमध्ये रौतहट १, दैलेख १ र बझाङमा नेकपा एसका उम्मेदवार विजयी भएका थिए । नेकपा एसले पाएको समानुपातिक मतमात्र एमालेमा गएको भए ती सीटमा एमालेका उम्मेदवार सहजै विजयी हुने थिए । यस हिसाबले एमालेको २० सीट खोस्न नेकपा एस सफल भएको नेपालको निष्कर्ष छ । यदि एमाले विभाजित नभएको थियो भने एकल वहुमत नजिक पुग्ने आँकलन छ ।

माधव नेपालको प्रतिवेदनमा एमालेले जितेका २० सीटमा भने उसले सोही क्षेत्रमा पाएको समानुपातिकभन्दा धेरै मत पाएर प्रत्यक्ष सीट जितेको निष्कर्ष निकालिएको छ । त्यसमा ताप्लेजुङ, पाँचथर, इलाम १, इलाम २, सुनसरी ३, सोलुखुम्बु, मकवानपुर २, काठमाडौं ९, काभ्रे २, कास्की १, लम्जुङ, पर्वत, गुल्मी २, पाल्पा २, अर्घाखाँची, रुपन्देही ५, कपिलवस्तु ३, प्युठान, बैतडी र कञ्चनपुर १ रहेका छन् ।

एमालेले कुनै पनि दलसँग तालमेल नगरी एक्लै लडेको भए १३ सीटमात्र जित्ने दाबी नेकपा एसको छ । समानुपातिक तर्फ ती क्षेत्रमा पाएको मतका आधारमा झापा २,४ र ५का साथै धनकुटा, उदयपुर २, धनुषा ३, ललितपुर २, कास्की २, कास्की ३, पाल्पा १ र कपिलवस्तु १ मा एमालेले जित्ने दाबी नेकपा एसको छ ।


प्रतिक्रिया दिनुहोस !