९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर बाबुले गरे आत्महत्या



काठमाडौं : काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अनुदाजी ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन्।

रामेछाप घर भएका भण्डारी फार्मेसी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। अपांगता भएका छोरीको हत्या गरी आत्महत्या गरेको प्रवक्ता मैनालीले बताए। फरक क्षमता भएका नाबालिक छोरीको घाँटी रेटी हत्या गरेर आत्महत्या गरेको रहेछ। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ, उनले भने।


प्रतिक्रिया दिनुहोस !