१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई समूहको बीचमा मतभेद, आज फेरि बैठक बस्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा मतभेद देखिएको छ। शनिबार साँझ बसेको पार्टी बैठकमा उपस्थितमध्ये राष्ट्रपति राजनीतिक व्यक्ति बनाउने कि गैरदलीय बनाउने भन्नेबारे छलफल भएको थियो। सरकारलाई दिएको अल्टिमेटमबारे छलफल गर्न लागि बसेको आकस्मिक बैठकमा राष्ट्रपति निर्वाचन, उप निर्वाचन लगायतका विषयमा छलफल भएको थियो।

पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजकसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए। राष्ट्रपति निर्वाचनबारे बाहिर आएका हल्लाको अध्ययन गर्नपर्ने भन्दै कस्तो मान्छेलाई बनाउने भन्नेबारे बुझ्नपर्ने उनले बैठकमा प्रश्न गरेका थिए। बैठकमा धारणा राख्नेमध्ये आधा–आधा सदस्यले राजनीतिक दलबाट र गैदलीय व्यक्ति हुनपर्ने धारणा राखेका थिए।

यस विषयमा आज पुनः बैठक बसेर निर्णय लिनेगरी आजको बैठक स्थगित भएको एक सदस्यले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको २ दिनको अल्टिमेटमसम्म पनि सरकारमा बस्ने वा नबस्नेबारे रास्वपा अनिर्णित भएको हो।

बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति चुनाव र उपनिर्वाचनको मिति तय नभएसम्म सरकार छाड्न नहुने मत बलियो भएको छ। यद्यपि आइतबार बिहान साढे ११ बजे फेरि बैठक बस्ने र सो बैठकले प्रधानमन्त्रीले गर्नुभएको प्रस्ताव, उच्चस्तरिय संयन्त्रका संयोजकको सुझावबारे छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !